पोखरामा असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १४ : ४२
पोखरामा असिनापानीले मकैबाली र लहरे तरकारीमा क्षति

पोखरा । शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ । साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पुर्‍याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।केही स्थानमा क्षति पुर्‍याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उनले बताए ।

वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुर्‍याएको छ । 

प्रतिक्रिया दिनुहोस