काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक यही वैशाख २७ गते बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सो पार्टीले जनाएको छ ।
जसपाले पुस्तिका प्रकाशन गर्ने
जनता समाजवादी पार्टीले आफ्ना जनप्रतिनिधिको विवरण समावेश गरी पुस्तिका प्रकाशन गर्ने भएको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार, प्रकाशन तथा प्रचार विभागको बैठकले उक्त निर्णय गरेको हो ।स्थानीय तहका पदाधिकारीदेखि सङ्घीय सांसदसम्मको विवरण पुस्तकमा समावेश गरी प्रकाशन गरिने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको संयन्त्र र निर्वाचन आयोगसँग पुस्तक प्रकाशनका लागि आवश्यक समन्वय गरिनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ बैशाख २०८०, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै