किर्ते मुद्दामा पत्रकार मदनबाबु भण्डारी पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ बैशाख २०८०, १६ : ३६
किर्ते मुद्दामा पत्रकार मदनबाबु भण्डारी पक्राउ

काठमाडौं। लिखतसम्बन्धी कसूरमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन्। शनिबार भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षतर्फबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।

उनीविरूद्ध लिखतसम्बन्धी कसुरमा उजुरी परेको थियो। उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरेको रिजालले बताए।पोखराबाट काठमाडौं आइपुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ। उनी सुरक्षा न्युज डट कमका प्रबन्ध निर्देशक हुन्।

प्रतिक्रिया दिनुहोस