काठमाडौं । बेलायतका राजा चाल्र्स तृतीयको आज राज्याभिषेक हुँदैछ । लन्डनको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबीमा राज्याभिषेक समारोहको आयोजना गरिएको छ ।
समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी हुँदैछन् । समारोहमा राजा चाल्र्स तथा उनकी पत्नी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहि¥याइने छ ।
२ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले आफ्नो राज्याभिषेकमा पहिरिएकी थिइन् ।
झण्डै दुई घण्टाको समारोह विभिन्न चरणमा हुनेछ । समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण गर्ने कार्यक्रम छ । राजतन्त्रको विरोध गर्नेहरूको अवरोधलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गएको सेप्टेम्बरमा निधन भएपछि उनका छोरा ७३ वर्षका चाल्र्सले राज्यारोहण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ बैशाख २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत
प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने बेलायतको घोषणा
बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने
‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’
बेलायतमा शरण खोज्ने आप्रवासीको संख्यामा वृद्धि