काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रबार दिउँसो सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेसँगै प्राधिकरणले एयरको अन्य उडानमा समेत प्रतिबन्ध लगाएको हो ।
एयरको दुर्घटनाग्रस्त विमान र अन्य विमानहरूको समेत विस्तृत निरीक्षण र उडान सञ्चालन, वायुयोग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको जाँच तथा परीक्षण नभएसम्मका लागि सबै उडानमा प्रतिबन्ध लगाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।
सिम्रिक एयरको दुर्घटना ग्रस्त विमानको र अन्य जहाजको समेत क्षेत्रमा संस्थाको लेखा परीक्षण सम्पन्न नभएसम्म उडान रोकिने उनले बताए ।शुक्रबार दिउँसो १ बजे अरुण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन-एजेजेट हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको थियो ।
हेलिकप्टरमा सवार क्याप्टेन सुरेन्द्र पौडेलसहित ५ जना परेका छन् । जसमध्ये १ जनाको मृत्यु भइसकेको छ भने ४ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिम्रिक एयरका अध्यक्ष थापालाई १० हजार जरिवाना
उडानमा रोक लागेपछि सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख
उडान बन्दको समाचारप्रति सिम्रिक एयरको आपत्ति, ‘हिसाब मिलानकै अवस्थामा छौँ’
सिम्रिक एयरका हेलिकप्टरको उडानमा आजदेखि रोक
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना
संखुवासभाको भोटखोलामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना