एजेन्सी । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ ।
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूला ठुला मुश्लो उठेको थियो ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफनो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरुमा आक्रमण गरी ध्वस्त बनाईएको बताए ।
उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठूला तेल भण्डार माथी आक्रामण गरी ध्वस्त बनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ बैशाख २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने