एजेन्सी । युद्धरत रुस र युक्रेनका बिचमा थप तनाव बढेको छ ।
रूसको राष्ट्रपति भवनमा ड्रोन आक्रमणको प्रयास भएको केही समयमा नै युक्रेनले रुसका तेल भण्डारहरुसमेत आक्रमण गरे पछि तनाब बढदै गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले रुसका तेल भण्डारहरुमा ड्रोन (क्षेप्यास्त्र) आक्रमण गरेर केही भण्डारण क्षेत्रलाई ध्वस्त बनाएको र यसरी गरिएको आक्रामण पछि रुसी तेल भण्डार तथा गोदाम क्षेत्रबाट धुवाँको ठूला ठुला मुश्लो उठेको थियो ।
युक्रेनको गुप्तचर संस्थाका प्रवक्ता एन्ड्री युसोभले आफनो राजधानी कीभलगायका क्षेत्रमा आक्रमण गरेर युक्रेनी नागरिकको निहत्था हत्या गरेको बदला लिनका लागि जवाफमा रुसका तेल भण्डारहरुमा आक्रमण गरी ध्वस्त बनाईएको बताए ।
उनका अनुसार ४० हजार टन तेल भरिएका १० वटा ठूला तेल भण्डार माथी आक्रामण गरी ध्वस्त बनाईएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ बैशाख २०८०, ०९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने
युक्रेनको आक्रमणले रुसका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द, सयौं उडान रद्द
युक्रेनमा विद्युतीय सवारी साधनको बिक्री ३० प्रतिशतले वृद्धि
रुसले युक्रेनमा रासायनिक हतियारको प्रयोग तीव्र बनाएको आरोप
युक्रेनमाथि हालसम्मकै ठूलो रुसी आक्रमण
अमेरिकाद्वारा युक्रेनलाई हतियार दिन बन्द