काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने छ ।
बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे आवश्यक निर्णय हुने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसअघि बसेको रास्वपाको बैठकमा पार्टी अस्पष्ट हुन नहुने भन्दै सरकारबारे ठोस निर्णय हुनुपर्ने नेताहरुले धारणा राखेका थिए । सोहीअनुसार आज आवश्यक निर्णय गर्नेगरी बैठक तय भएको हो ।
रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ । एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ ।
सत्ता गठबन्धनले समेत रास्वपालाई सरकारमा प्रवेश गराउन सकारात्मक प्रतिक्रिया दिइरहेको बेला रास्वपाले आज गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले समानुपातिक उम्मेदवारीको म्याद पुस ५ सम्म थप्यो
निर्वाचनलक्षित वाचा पत्र तयार गर्दै रास्वपा
रास्वपाद्वारा समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया सुरु, आवेदन दिन आह्वान
रुपन्देही–३ बाहेक अन्यत्र उम्मेदवार चयन भएको छैन : रास्वपा
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै
रास्वपा र विवेकशीलबीच एकीकरणका लागि भोलि एकता घोषणा सभा हुँदै