काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुक्रबार बस्दैछ । बैठक पार्टी कार्यालय बसुन्धरामा बस्ने छ ।
बैठकमा सरकारमा सहभागी हुने या बाहिरिने भन्नेबारे आवश्यक निर्णय हुने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
यसअघि बसेको रास्वपाको बैठकमा पार्टी अस्पष्ट हुन नहुने भन्दै सरकारबारे ठोस निर्णय हुनुपर्ने नेताहरुले धारणा राखेका थिए । सोहीअनुसार आज आवश्यक निर्णय गर्नेगरी बैठक तय भएको हो ।
रास्वपामा सरकारमा सहभागिताको विषयमा दुई धार रहेको छ । एक समूहले सरकारमा सहभागी हुनुपर्ने भन्दै लबिङ गरिरहेको छ भने अर्को पक्षलेचाहिँ सरकारलाई दिएको समर्थन फिर्ता लिएर जनतामा जानुपर्ने बताइरहेको छ ।
सत्ता गठबन्धनले समेत रास्वपालाई सरकारमा प्रवेश गराउन सकारात्मक प्रतिक्रिया दिइरहेको बेला रास्वपाले आज गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)