सरकारको औचित्य पुष्टि हुनेगरी नीति तथा कार्यक्रम ल्याउँछौं : मन्त्री शक्तिबहादुर बस्नेत

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, १६ : १३
सरकारको औचित्य पुष्टि हुनेगरी नीति तथा कार्यक्रम ल्याउँछौं : मन्त्री शक्तिबहादुर बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन् । मन्त्री बस्नेतले सरकारको ध्यान आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण केन्द्रित भएको पनि बताए ।  जल तथा मौसम विज्ञान विभागले बिहीबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताका अपेक्षाहरु पूरा गर्नका लागि सरकारको हालसम्मको अवधिलाई तयारीको अवधिको रुपमा लिनुपर्ने पनि पटकपटक दोर्याए।  

 

मन्त्री बस्नेतले सरकारले डेलिभरीको कामलाई थप प्रभावकारी बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै अनुभूति गर्न सकिने दाबी गरे । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटपछि जनताको अपेक्षा अनुसार सरकारले काम सुचारु गर्ने उनको भनाई थियो ।  मन्त्री बस्नेतले मौसम पूर्वानुमानलाई भरपर्दो बनाउनका लागि सरकारले उचित ध्यान दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस