संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस

सफल खबर संवाददाता

बुधबार, २० बैशाख २०८०, १३ : २३
संघीय संसदको बजेट अधिवेशन २४ वैशाखमा बोलाउन सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन २४ वैशाखमा बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखमा संघीय संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । पाँच दिनअघि १५ वैशाखमा संसदको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस