काठमाडौं। नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी प्रमाणित भएको दाबी गरेका छन् । मंगलवार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे प्रतिक्रिया दिँदै उनले तथ्याङ्क विभागको प्रक्षेपणले चालु आर्थिक वर्षको बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिदर गर्ने लक्ष्य हावादारी प्रमाणित भएको दाबी गरेका हुन् ।
पछिल्ला दुईवटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको उनले बताए।‘तथ्याङ्क विभागको प्रतिवेदनले उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । यो तथ्याङकले चालु आर्थिक वर्षमा सरकारले आठ प्रतिशत आर्थिक वृद्धि गर्ने लिएको लक्ष्य हावादारी थियो भन्ने कुरा पुष्टि गर्दछ,’ उनले भने, ‘मुलुक आर्थिक रूपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुगेको छ । यो चिन्ताको विषय हो । ’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्धारित समय अगावै नेपाल ग्रे लिष्टबाट बाहिर निस्किन्छ: अर्थमन्त्री
विद्या भण्डारीको सदस्यता नवीकरण हुन सक्दैन: विष्णु पौडेल
विधान महाधिवेशनअघि नेतृत्वबारे अनुमान र विभाजित गर्ने काम नगरौँ: विष्णु पौडेल
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु
ब्रिफकेस बोकेर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री
अर्थमन्त्री पौडेललाई आज डिस्चार्ज गरिने