चार्ल्स तृतीयले राज्याभिषेकमा लगाउनेछन् सुनको लुगा

एजेन्सी

मंगलबार, १९ बैशाख २०८०, १५ : ४८
चार्ल्स तृतीयले राज्याभिषेकमा लगाउनेछन् सुनको लुगा

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयले राज्याभिषेकको क्रममा लगाउने पहिरन सार्वजनिक भएको छ । उनले त्यस दिन निकै गह्रुँगो र पुजारीले लगाउने खालको रोब्स लगाउने छन् । 

उनले राज्याभिषेकमा निकै टल्किने कपडाहरू लगाउने छन् । तीमध्ये केही त उनका जिजु बुवा जर्ज पञ्चमका लागि बनाइएका थिए ।समारोहमा राजकुमार विलियम्सले आफ्ना पितालाई ‘सेरेमोनियल रोब’ पहिराउन सहयोग गर्नेछन् ।राज्याभिषेकका बेला राजालाई सुनको बाहुला भएको कोट लगाउन दिइनेछ जसलाई सुपरट्युनिका भनिन्छ । 

यो रोब जर्ज पञ्चमका लागि सन् १९११ मा बनाइएको थियो । त्यसपछि यसलाई लगातार राज्याभिषेकमा लगाइने गरिन्छ । रानी एलिजाबेथ द्वितीयले पनि यो पहिरेकी थिइन् ।

यसको तौल करिब २ केजी छ । यो बनाउन सुनको कपडा प्रयोग भएको छ । सिल्कको धागोले मसिना सुन र चाँदी बेह्रिएका छन् । यसको एम्ब्रोइडरीलाई पनि निकै स्टाइल दिइएको छ ।

प्रतिक्रिया दिनुहोस