काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको छ ।मंगलबार नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।
मंगलबार नेप्सेमा २१ हजार ६४९ वटा कारोबारमा २३ लाख ३६ हजार ६२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, १० प्रतिशत सनराइज डिबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फन्ड लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।
स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ बैशाख २०८०, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार