सन्दीप लामिछाने बने प्लेयर अफ दि टुर्नामेन्ट

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १२ : ४५
सन्दीप लामिछाने बने प्लेयर अफ दि टुर्नामेन्ट

 काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालका सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन् ।

सोमबार भएको फाइनलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।

प्रतियोगिताको कुल ५ खेलमा १३ विकेट लिएका सन्दीपले समूह चरणको अन्तिम खेलमा कतारविरुद्ध सर्वाधिक ४२ रन समेत बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस