काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले चुनावअघिको गठबन्धनका कारण पार्टी कमजोर भएको धारणा राखेका छन् । चुनावअघिको गठबन्धनबाट ४ मंसिरको चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको नेताहरुले बताएका छन् ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने धारणा राखे । ‘कांग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौं,’ थापाले भने, ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौं ।’
कांग्रेसबाहेक सबै दल एक ठाउँमा उभिए पनि कांग्रेस चुनावअघिको गठबन्धनको विपक्षमा उभिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी