काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले चुनावअघिको गठबन्धनका कारण पार्टी कमजोर भएको धारणा राखेका छन् । चुनावअघिको गठबन्धनबाट ४ मंसिरको चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको नेताहरुले बताएका छन् ।
१३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने धारणा राखे । ‘कांग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौं,’ थापाले भने, ‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौं ।’
कांग्रेसबाहेक सबै दल एक ठाउँमा उभिए पनि कांग्रेस चुनावअघिको गठबन्धनको विपक्षमा उभिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, २० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा