काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
मंसिर २०७४ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल दलको नेता भए । १० वैशाखको उपचुनावमा लाछिाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।
रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन्द्र शाह आज पुर्ख्यौली गाउँ महोत्तरीको एकडारा पुग्दै
चुनावको मुखमै रास्वपा सभापति रवि लामिछाने भारत जाँदै
फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने रास्वपाको तयारी
विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने रास्वपाको विश्वास
रास्वपाले अर्यालको संयोजकत्वमा बनायो निर्वाचन सम्पादन समिति
रास्वपाका पूर्व सांसद श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश