काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति समेत रहेका लामिछानेलाई दलको नेता चयन गरेको हो ।
त्यसअघि बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउन प्रस्ताव गरेको थियो । त्यसअनुसार नै सर्वसम्मत रुपमा लामिछानेलाई दलको नेता चयन गरिएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
मंसिर २०७४ को चुनावमा २० सिट जितेको रास्वपामा लामिछाने नै संसदीय दलको नेता चुनिएका थिए । तर नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि डीपी अर्याल दलको नेता भए । १० वैशाखको उपचुनावमा लाछिाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।
रास्वपा संसदीय दलको बैठकले सांसद निशा डाँगीलाई सचेतक तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर