काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरु गठन गरेको छ । रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अध्यावधिक गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
जसअनुसार नीति तथा विभाग विभागको प्रमुखमा डा मुकुल ढकाल चयन भएका छन् । यसैगरी प्रशिक्षण विभागको प्रमुखमा पनि ढकाल नै चयन भएका छन् । संगठन विभागको प्रमुखमा कविन्द्र बुर्लाकोटी, अभियान तथा प्रचार प्रसार विभागमा विपीन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा शिशिर खनाल, प्रवास नेपाली सम्पर्क विभागमा डोलप्रसाद अर्याल प्रमुख चयन भएका छन् ।
यसैगरी मानवीय विकास प्रवर्दन विभागमा कुसुम महर्जन, उत्पादन प्रवर्द्धन विभागमा रामकृष्ण भट्टराई, केन्द्रीय आरएट संयोजन विभागमा विष्णु कुमार श्रेष्ठ, नेतृत्व क्षमता तथा मानव संशाधन विभागमा खुस्बु सरकार श्रेष्ठ, जनसम्पर्क विभागमा दीपक बोहरा, भ्रष्टाचार निवारण तथा सुशासन प्रवर्द्धन विभागमा हरि ढकाल प्रमुख चयन भएका छन् ।
यसैगरी आर्थिक व्यवस्थापन विभागमा लिमा अधिकारी, गुनासो व्यवस्थापन विभागान डा चन्दा कार्की, विकास, योजना तथा नीति तर्जुमा विभागान अरनिको पाडे, अथ्यांक अनुसन्धान तथा अभिलेखन विभागमा मनिष झा चयन भएका छन् ।
यसैगरी विधेयक मन्थन विभागमा गणेश कार्की, गैरआवासीय नेपाली सम्पर्क विभागमा अर्जुन अधिकारी, कानुन तथा न्याय विभागमा सोविता अधिकारी र अर्थ नीति विभागमाडा स्वर्णिम वाग्दे प्रमुख चयन भएका छन् ।
यसैगरी सार्वजनिक लेखा समीक्षा विभागमा मनिष झा, शिक्षा विभागमा सुमना श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या विभागमा डा तोसिमा कार्की, कृषि विभागमा अशोक चौधरी प्रमुख चयन भएका छन् ।
ढकालका अनुसार पर्यटन तथा संस्कृति विभागमा शिशिर खनाल, मुद्रा तथा पुँजी बजार विभागमा विराज भक्त श्रेष्ठ, उद्योग तथा बाणिज्य विभागमा गणेश वराजुली। श्रम तथा उपभोक्ता हित विभागमा असिम शाह। यातायात विभागमा शिव नेपाली प्रमुख चयन भएका छन् ।
यसैगरी पूर्वाधार अनुगमन विभागमा निशा डाँगी, युवा तथा खेलकुद विभागमा डा तोसिमा कार्की, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागमा सुमना श्रेष्ठ, मानव अधिकार विभागमा सन्तोष परियार। सहकारी विभागमा अशोक चौधरी, बन तथा वातावरण विभागमा विनिता कठायत र महिला तथा सामाजिक विकास विभागमा लक्ष्मी तिवारी प्रमुख चयन भएको डा ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सुरु
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार हुने
रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)