काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार भएको थियो । विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता आचार्यको भनाइ छ । उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ बैशाख २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल