काठमाडौं । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा उपचार भएको थियो । विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता आचार्यको भनाइ छ । उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १७ बैशाख २०८०, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलद्वारा वैकल्पिक, विकास वित्त परिचालन विधेयक प्रमाणीकरण
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल
किसानको मुस्कानमा राष्ट्रको खुसी लुकेको हुन्छ : राष्ट्रपति पौडेल
राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल
‘हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो’ : राष्ट्रपति पौडेल
‘गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक’ : राष्ट्रपति पौडेल