काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन।
वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि सभापति लामिछानेले पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन ।
भेटमा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन पनि आग्रह गरेका थिए ।
सभापति लामिछानेले भने पार्टीमा छलफल गरेर जवाफ दिने बताएको बुझिएको छ । रास्वपाले सरकारमा जाने नजाने विषयमा औपचारिक निर्णय लिन भोलि सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ बैशाख २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’