कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

सफल खबर संवाददाता

आइतबार, १७ बैशाख २०८०, ०७ : १०
कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते राति बुद्धनगर आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । 

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्कन लागेको डा भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्