काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।
नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।
कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।यो खेलमा कुवेतलाई हराए नेपालले फाइनलमा यूएई अथवा ओमानसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो
एसीसी महिला प्रिमियर कप : थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती
ओमानलाई आठ विकेटले हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट