काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन। मुख्यमन्त्री चौधरीले वैशाख १८ गते सोमबार प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन।
सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका बताइएको छ ।संविधानले मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरेको छ ।
प्रदेश सभामा आफूअनुकुलको अंकगणित रहेकाले पनि मुख्यमन्त्रीले चाँडै विश्वासको मत लिन लागेका हुन।बिहीबार आठ दलका ५३ सांसदको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेश सभाबाट विश्वास प्राप्त गर्न ४४ सांसदको समर्थन प्रयाप्त हुन्छ ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एकरएक जना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ बैशाख २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ