बुर्किना फासोमा विद्रोहीकाे आक्रमणमा परी ३३ सैनिकको मृत्यु, १२ घाइते

एजेन्सी

शनिबार, १६ बैशाख २०८०, ११ : ०८
बुर्किना फासोमा विद्रोहीकाे आक्रमणमा परी ३३ सैनिकको मृत्यु, १२ घाइते

एजेन्सी । दक्षिण अफ्रिकी मुलक बुर्किना फासोमा रहेकाे सैन्य शिविरमा विद्रोही समूहले आक्रमण गर्दा ३३ जना सैनिकको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका हुन् । सेनाले ४० जना विद्रोहीलाई मारेको केही समयमै विद्रोहीले सैन्य शिविरमाथि आक्रमण गरी यति ठूला क्षति पुर्याएकाे हाे ।

बुर्किना फासोमा सन् २०१५ देखि विद्रोहीको संघर्ष जारी रहँदा हालसम्म दुवैतर्फ गरी १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ। लाखौं मानिसहरू विस्थापित भइसकेका छन् ।

पछिल्लो समय विद्रोही समूहले सर्वसाधारण नागरिकलाई निशाना बनाउन थालेसँगै सेनाले विद्रोही विरुद्धको कारबाही तीव्र पारेको हो ।

प्रतिक्रिया दिनुहोस