एजेन्सी।अलास्कामा बिहीवार एक प्रशिक्षण मिसनका क्रममा दुईवटा हेलिकप्टर जुधेर दुर्घटनाग्रस्त भएपछि त्यसमा सवार तीन अमेरिकी सैनिकहरूको मृत्यु भएको छ । दुई सैनिकको मृत्यु घटनास्थलमै भएको थियो भने अर्का एकजना अस्पताल जाने क्रममा बितेका थिए ।
चौथा सैनिक दुर्घटनामा घाइते भएका छन् । एएच–६४ अपाचे अट्याक हेलिकप्टरहरू हीली शहर नजिक दुर्घटनाग्रस्त भएका हुन् ।हीलीमा लगभग एक हजार मानिस बस्छन् र यो देनाली राष्ट्रिय निकुञ्ज तथा आरक्ष नजिक छ ।‘घटनाको अनुसन्धान चलिरहेको छ र थप सूचना आएपछि सार्वजनिक गरिनेछ,’ एघारौं एयरबोर्न डिभिजनले बयान जारी गरेर जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, १४ : १०
लेखकबाट थप