पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको शपथ आज हुँदैछ ।
दिउँसो नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिनेछन् । तर, अहिलेसम्म मुख्यमन्त्रीसँगै कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन ।
भागबन्डा नमिल्दा कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन । ‘केन्द्रमा बैठक बस्दै छन्, जे टुंगो लाग्छ, त्यहीँअनुसार अगाडि बढ्ने हो, एक सांसदले भने ।
कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको लर्को छ । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पनि एक / एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालय दाबी गरेको छ । मुख्यमन्त्री पाण्डे केन्द्रबाटै भागबन्डाको टुंगो लगाउन चाहन्छन् ।
उनलाई बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका थिए । नेता पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री
मधेस सरकारमा यसरी मिल्यो भागबन्डा : कांग्रेसलाई मुख्यमन्त्री, जसपालाई सभामुख, नेकपालाई तीन मन्त्रालय
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
मधेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता यादव नियुक्त
मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा