पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको शपथ आज हुँदैछ ।
दिउँसो नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको साढे १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिनेछन् । तर, अहिलेसम्म मुख्यमन्त्रीसँगै कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन ।
भागबन्डा नमिल्दा कुनकुन मन्त्री बन्ने टुंगो लागेको छैन । ‘केन्द्रमा बैठक बस्दै छन्, जे टुंगो लाग्छ, त्यहीँअनुसार अगाडि बढ्ने हो, एक सांसदले भने ।
कांग्रेसमा पनि मन्त्री बन्ने आकांक्षीको लर्को छ । माओवादीलाई कति मन्त्रालय दिने टुंगिएको छैन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पनि एक / एक मन्त्रालय दाबी गरिरहेका छन् । माओवादी केन्द्रले ३ मन्त्रालय दाबी गरेको छ । मुख्यमन्त्री पाण्डे केन्द्रबाटै भागबन्डाको टुंगो लगाउन चाहन्छन् ।
उनलाई बिहीबार प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गरेका थिए । नेता पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ बैशाख २०८०, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ