काठमाडौ। फौजदारी मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरे पनि फरार रहेका नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीले बिटा स्वीकृतिको निवेदन संसद् सचिवालयमा दिएका छन् ।
बिनासूचना १० बैठकभन्दा बढी अनुपस्थित भए स्थान रिक्तसमेत हुने नियमाबलीको व्यवस्था छल्न कोइरीले बिरामी बिदाको निवेदन दिएको पाइएको हो। बिदाका दुईवटा निवेदन कोइरीले प्रतिनिधि सभा सचिवालयमा पठाएका छन् ।
फौजदारी मुद्दामा फरार रहेका उनले २०७९ माघ २५ देखि बिरामी परेकाले बैठकमा उपस्थित हुन नसकेको निबेदन दिएका हुन्। स्वास्थ्य अवस्था ठिक भएपछि बैठकमा उपस्थित हुने जानकारी उनले गराएका छन् ।
संसदका प्रवक्ता एकराम गिरोले कोइरोको निवेदन आएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १५ बैशाख २०८०, ०६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा