नवलपरासीमा सामसुङद्वारा टेलिभिजन कारखानाको उद्घाटन

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, १२ : ३८
नवलपरासीमा सामसुङद्वारा टेलिभिजन कारखानाको उद्घाटन

काठमाडौं । सामसुङले स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनी मध्येको एक दावी गर्दै आएको छ ।

सामसुङले नेपालमा वर्षौदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा टेलिभिजन कारखानाको बुधबार उद्घाटन गरेको हो। कारखानाको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण पश्चिम एशियाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यो नेपालमा बहुराष्ट्रिय कम्पनीद्वारा निर्माण गरिएको पहिलो इलेक्ट्रोनिक्स उत्पादन सुविधायुक्त कारखाना भएको कम्पनीको दावी छ । सोही अवसरमा गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने उल्लेख गरे।

विश्वकै सबै भन्दा बृहत इलेक्ट्रनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाउनु मुलुकका लागि महत्वपूर्ण संकेत भएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस