राष्ट्रिय सभाको बैठक स्थगित

सफल खबर संवाददाता

विहीबार, १४ बैशाख २०८०, ११ : ५६
राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।  यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । 

विशेष कारणवश आजको बैठक स्थगित भएको र भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माले जानकारी दिएका छन् ।