एउटा ‘धार्मिक गुरु’ को जिन्दगी : सेक्स, आडम्वर र सनक

शनिबार, ०५ साउन २०७५, १९ : ३०
एउटा ‘धार्मिक गुरु’ को जिन्दगी : सेक्स, आडम्वर र सनक

अदनान ओक्तारको शान, शौकत र ऐसआराम वाला जिन्दगी बदलिएको छ । अदनान ओक्तार टर्कीको एक टीभी च्यानलमा धार्मिक प्रवचन दिनेका रुपमा चिनिन्छन् ।

हालैमा उनलाई उनका १६० भन्दा धेरै अनुयायीसहित गिरफ्तार गरियो ।

उनीमाथि संगठित अपराध, धोकाधडी र यौन उत्पीडनको आरोप छ ।

टर्कीको सरकारी समाचार एजेन्सी अनादोलका अनुसार अदनान ओक्तारको पक्राउ र उनको सम्पतीको जाँचका लागि प्रहरीले ठूलो अभियान चलाएको थियो ।

यो पहिलो पटक होइन कि अदनान ओक्तार कानुनको दायारमा आएका होउन ।

सवैभन्दा पहिला १९९८ मा उनलाई मानिसलाई डराउने–धम्काउने र एक अपराधिक संगठन बनाउने आरोपमा गिरफ्तार गरिएको थियो, पछि चाहिँ उनी रिहा भएका थिए ।

१९८० मा उनले इस्तानबुलमा एक इस्लामिक संस्था स्थापना गरेका थिए ।

त्यसपछि उनको सम्पती र मोजमस्ती बढ्दै गयो ।

उनको आम्दानीको मुख्य स्रोत खोज्न निकै कठिन थियो ।

त्यसपछि उनले धेरै समय जेलमा विताउनुपर्यो ।

कतिपय मानिस अदनान ओक्तारलाई ‘खतरनाक र कट्टर’ मान्छन् भने केही ‘प्रभावशाली विचारक’ । जे भएपनि उनलाई सवैले चिन्छन् ।

अदनान ओक्तार यहूदियोका विरुद्ध नफरत फैलाउने मुद्दाका पनि आरोपी हुन् ।

उनले एक भाषणमा भनेका थिए कि यहूदियोको नरसंहारजस्तो घटना इतिहासमै भएको थिएन ।

उनी डार्विनको विकासवाद सिद्धान्तको विरोधमा छन् ।

बर्ष २०१० मा अदनान ओक्तारले बीबीसीलाई दिएको एक अन्तर्वार्तामा डार्विनक आतंकवादीका प्रेरणाको स्रोत भएको बताएका थिए ।

उनले ‘हारुन याहया’ नामले केही किताव पनि छपाएका छन् ।

केही बर्ष पहिला अदनान ओक्तारले एक टीभी च्यानल पनि लंच गरेका थिए, जहाँ आफ्नो विचारधार प्रचार–प्रशार गर्थे ।

टीभीमा आफ्नो प्रवचन दिन आउदा उनी अर्धनग्न र मेकअप गरेका यूवतीको बीचमा हुन्थे ।

यी यूवतीलाई उनले ‘किटेन’ अर्थात बिरालाका बच्चा भन्थे ।

मीडिया रिपोर्टका अनुसार यी यूवतीको यसरी ब्रेनवाँस गरिन्थ्यो ताकि अदनान ओक्तारसँग सेक्सका लागि हतार गरुन ।

कैयौ पटक ती केटीलाई धम्की दिइन्थ्यो र ब्लैकमेल पनि गरिन्थ्यो ।

यो पनि भनिएको छ कि अदनान ओक्तार आफ्ना बफादार अनुयायीलाई जवान केटी र धनी पुरुषलाई फसाउनका लागि प्रयोग गर्थे ।

अदनान ओक्तार आफना शिष्यलाई ‘शेर’ भन्थे ।

सन १९९९ मा जब अदनान ओक्तारमाथि लागेका आरोपको जाँच हुन शुरु भयो, एक केटीले बताएकी थिइन कि आपत्तिजनक अबस्थामा उनके भीडियो बनाइन्थ्यो, ताकि समूह छाड्न खोजे ब्लैकमेल गरिन्थ्यो ।
अदनान ओक्तार आफ चाहिँ यी आरोप अस्वीकार गर्छन ।

उनको भनाई छ कि दुनियाँभरमा उनका विरुद्ध षडयन्त्र भएको छ र ब्रिटेनको गुप्तचर निकायले यसको नेतृथ्व गरेको छ ।

विवादास्पद विचारबाहेक अदनान ओक्तारलाई उनको विलासी जीवनशैलीका लागि पनि जानिन्छ ।

उनी इस्तानवुलमा एक शानदार घरमा बस्थे। प्रायजसो केटीहरुको बीचमा बस्थे ।

उनको यस्तो ऐशआरामको जिन्दगीलाई उनको सोसल मिडियाबाट निकै प्रचार गरिन्थ्यो ।

उनका अनुयायी समूह बनाएर उनी बस्ने नजिकै बस्थे ।

टर्कीका पत्रकारहरुका अनुसार अदनान ओक्तारका अनुयायीले उनको सोसल मिडिया हेर्थे र उनको सवै कामकाज सम्भाल्थे ।

अदनान ओक्तार रमजानको मौकामा केही नेता र अन्तराष्ट्रिय व्यक्तिलाई निमन्त्रण गरेर इस्तानबुलका महंगा होटलमा पार्टी दिन्थे ।

यहूदी विरुद्ध नफरतले भरिएको विचार फैलाउनेबाहेक अदनान ओक्तारको इजराइलसँग नजिकको सम्बन्ध थियो ।

उनी आफ्ना अनुयायीका साथ इजराइल गएर धार्मिक गुरु र ठूला नेतासँग भेटथे ।

इजराइलका नेता पनि टर्की आएर अदनान ओक्तारसँग भेट गर्थे ।

अदनान ओक्तारसँग भेट गर्नेमा इजराइलका संचारमन्त्री अयूवा कारादेखि प्रधानमन्त्री बिन्यामिन नेतन्याहू पनि छन् । -बीबीसी

प्रतिक्रिया दिनुहोस