काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । यस आईपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।
यो आईपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ । कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आईपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।
आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ बैशाख २०८०, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने अन्तिम दिन