विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख १० को उपनिर्वाचन परिणामले नेपाली कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दिएको बताएका छन् । मतदाताको मनोविज्ञान बुझ्न नसकेको भन्दै उनले निर्वाचन परिणामलाई स्वीकार गरेर कांग्रेस सच्चिनुपर्ने धारणा राखे ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले मतदाताले पुराना पार्टीलाई भोट नदिएर नयाँ पार्टीलाई दिनुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको सन्देश दिएको बताए ।
युवाको भावनाअनुसार अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको नेता कोइरालाको भनाइ छ । ‘उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ । युवाहरूलाई अवसर दिँदै जिल्लादेखि टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ,’ कोइरालाले भने, ‘मतदाताको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो ।’
कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मम समीक्षा हुने बताए । उनले हारको दोष एक जनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला