काठमाडौं । सरकारले कर्मचारीलाई तलब खुवाउन २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
यसअघि पर्याप्त पैसा नभएर अवकाश भएका कर्मचारीको पेन्सन पनि रोकिएको हाे । सरकारले नेपाल राष्ट्र बैंक मार्फत २० अर्ब रूपैयाँ नयाँ आन्तरिक ऋण उठाउन लागेको हो ।
सरकारले यस बाहेक पुरानो ८ अर्ब ६० करोड रुपैयाँ ऋण नवीकरण पनि गर्दैछ । सरकारले तत्काल तिर्ने अवस्था नभएकाले नवीकरण गर्न खोजेको छ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिने मार्फत ४ अर्ब रुपैयाँ उठाउने भएकाे छ ।
सरकारले २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ नवीकरण गर्दैछ । अघिल्लो पटक २८ दिनेको ब्याज ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेको ९ दशमलव ६३ प्रतिशत, १८२ दिनेको ९ दशमलव ६५ प्रतिशत र ३६४ दिने ९ दशमलव ५५ प्रतिशत ब्याजदर कायम भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने