बाग्लुङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गत निर्वाचनमा १८ लाख १४ हजार खर्च गरेका छन् ।
प्रतिनिधिसभा सदस्य केसीले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार १८ लाख १४ हजार खर्च भएकाे जनाएका हुन् ।
जसअनुसार सवारी साधन भाडा तथा इन्धनमा ८ लाख ६० हजार, कार्यालय संचालनमा २ लाख ५० हजार, मतदाता नामावली खरिद, छपाई र फोटोकपीमा ९० हजार, प्रतिनिधि परिचालन खर्च २ लाख ५० हजार खर्च गरेको जनाएका सांसद केसीले प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, विद्युतीय छापा खर्च ४० हजार खर्च गरेको बिवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।
यसैगरी, सामाजिक संजाल खर्च १० हजार र विविध खर्चमा १ लाख ३४ हजारसहित १८ लाख १४ हजार खर्चको बिवरण आयोगलाई बुझाएको केसीको निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए ।
केसी गत मंसिर ४ को निर्वाचनमा बागलुङ–१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी सत्तारुढ गठबन्धनका उम्मेदवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ बैशाख २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी
विदेश गएका छोराछोरी आउँदैनन्, अब भ्रष्टाचार गर्न पर्दैन : चित्रबहादुर केसी
पीडितलाई १० लाख दिएर समस्या समाधान हुँदैन परिवारको रेखदेख गर्नुपर्छ : चित्रबहादुर केसी
मानव अधिकारका लागि नेपाली जनताले लगातार सङ्घर्ष गरिरहेका छन् : चित्रबहादुर केसी
अब यो लोकतन्त्र गयो भने हाम्रै कारणले जान्छ : चित्रबहादुर केसी