चितवनको नयाँकिरण माविमा मतदान सुरु गर्न माग गर्दै मतदाताले गरे नाराबाजी

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १४ : ५१
चितवनको नयाँकिरण माविमा मतदान सुरु गर्न माग गर्दै मतदाताले गरे नाराबाजी

चितवन। दुई पक्षबीच विवाद र झडपपछि रोकिएको मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै चितवनमा मतदाताले प्रदर्शनसहित नाराबाजी गरेका छन् । चितवनको भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान गर्न आएका मतदाताले मतदान प्रक्रिया चाँडो सुरु गर्न माग गर्दै नाराबाजी गरेका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि रोकिएको उक्त स्थानको मतदान सुरु गर्न सर्वदलीय बैठक बसेर सुचारु गर्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस