चितवनको नयाँकिरण माविमा मतदान रोकियो

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १२ : ५५
चितवनको नयाँकिरण माविमा मतदान रोकियो

चितवन।चितवनको भरतपुर महानगरपालिका वडा नं- ११ स्थित नयाँकिरण माविमा मतदान रोकिएको छ। मतदान स्थलमा नाराबाजी भएपछि मतदान रोकिएको हो।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेका थिए। नाराबाजी गर्दै आएका रास्वपा समर्थकहरुलाई नेकपा एमालेको समर्थकहरुले रोक्दा तनाव सिर्जना भएको थियो। अहिले सर्वदलिय बैठक बसिरहेको र सहमती गर्ने प्रयास गरिरहेको सो केन्द्रका मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस