बारामा उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, १२ : १७
बारामा उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ

काठमाण्डौ।बारामा भइरहेको उपचुनावमा असर पुर्‍याउन खोजेको आरोपमा पाँच जना पक्राउ परेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार देवताल गाउँपालिका ७ को मतदान केन्द्रबाट बारका २ र रौतहटका ३ जना गरी ५ जनालाई पक्राउ गरेको हो ।प्रहरीले जनता समाजवादीका स्थानीय नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादवसहित ५ जनालाई पक्राउ गरेको हो । यादवले सक्कल मतपत्रसँगै नमुना मतपत्र समेत मतपेटिकामा खसाल्न खोजेपछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।

अन्य चार जनालाई होहल्ला गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई बेलुका ५ बजेपछि छोडिने सापकोटाले जानकारी गराउनुभयो ।प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारामा अहिलेसम्म २० प्रतिशत मत खसेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले केही मतदान केन्द्र जसपाका कार्यकर्ताले कब्जामा लिएको आरोप लगाए पनि त्यो सत्य नभएको उहाँले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस