काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदीको मूल्य नेपाली बजारमा घटेको छ। यसअघि शुक्रबार तोलामा ४०० रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला ९०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँकायम गरिएकाे छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १० बैशाख २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि