तनहुँ।उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ । तनहुँ–१ निर्वाचन क्षेत्रमा आइतबार उपनिर्वाचन हुने भएकाले गाडी निषेध गरिएको हो ।पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार विहान ५ बजेदेखि साँझ ६ बजेसम्म दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी मात्र चलाउन पाइनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १६ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध उत्पादनमा नमुना बन्दै तनहुँको ‘बेल वास गाउँ’
दसैँ सुरु भएसँगै मानुङकोटमा पर्यटकको चहलपहल
तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
सडक बन्द गरी मर्स्याङ्दीमा खसेको बस निकालिँदै