काठमाडौं।अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा भएको असहज स्थितिमा भत्ता कटौतीको छलफल भइरहेको बताएका छन्।शनिबार भएको आर्थिक परिसंवाद कार्यक्रममा उनले भत्ता कटौतीको विषयमा छलफल भइरहेको बताए । उनले अहिले नै कटौती गरिहाल्ने स्थिति भने नभएको बताए ।
अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि राज्यबाट वितरण भइरहेका भत्ताहरु कटौतीको बारेमा छलफल भइरहेको उनको भनाइ छ । ‘अर्थतन्त्रमा असहज स्थिति छ । सोचेअनुसार राजश्व संकलन भइरहेको छैन । व्यापक खर्च कटौती गर्नुपर्ने देखिन्छ’, उनले भने, ‘तर, अहिले दिँदै आएका भत्ताहरु यहीँबाट कटौती गरिहाल्छु भन्ने स्थिति छैन । खर्च कटौती गर्न के के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसभित्र एकताका लागि नेतृत्वले गम्भीर पहल गरेन : महत
‘अमेरिकामा कमाएको पैसाले जोडेको घर जलाइयो, भ्रष्टाचार गरेको होइन’: डा. प्रकाशशरण महत
वेस्ट पार्टी काँग्रेस नै हो, हामीले गरेको काम भनेर साध्य छैन: डा. प्रकाशशरण महत