के गुजरात अब ‘हिन्दुत्वको प्रयोगशाला’ रहेन ?

एजेन्सी

मंगलबार, ०४ पुस २०७४, १३ : १७
के गुजरात अब ‘हिन्दुत्वको प्रयोगशाला’ रहेन ?

सन् २००२ मा गुजरातमा भएको दङ्गापछि गरिएको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) र नरेन्द्र मोदीले ठूलो जीत हासिल गरेका थिए । त्यसपछि गुजरातको पहिचान पूरा देशमा ‘हिन्दुत्वको प्रयोगशाला’ को रुपमा रहँदै आएको थियो ।

भाजपाले यहाँ हिन्दुत्वको पक्षमा राजनीतिक बहुमत जुटाउन सफल प्रयोग गर्यो र त्यसलाई विस्तारै पूरै देशमा प्रयोग गर्यो । यसको सीधा फर्मूला थियो पहिले राज्यको बहुसंख्यक जनतालाई हिन्दुत्वको समर्थकका रुपमा परिवर्तन गर्नु र फेरि उनीहरुलाई अल्पसंख्यक मुसलमानको भय देखाएर जातीय स्तरमा टुट्नबाट रोकेर ठूलो राजनीतिक समुदायमा परिवर्तन गर्नु ।

भाजपा र उसको पितृसंगठन संघले यो फमूर्लालाई अजय बताउँदै देशका कयौँ राज्यमा प्रयोग गर्यो । राजनीतिक विश्लेषकहरुको पनि मान्छन्, मोदीलाई देशको प्रधानमन्त्री बन्नमा पनि यही प्रयोगशालाबाट निक्लिएको यस फर्मूलाको महत्वपूर्ण योगदान रहेको थियो ।

हिन्दुत्वको सफल प्रयोगशाला बनेको करीब डेढ दशकपछि गुजरातमा फेरि एक पटक चुनाव भएको छ । यस चुनावबाट जुन परिणाम आएको छ, त्यसले केही कुरा प्रष्ट भएको छ । पहिलो, चुनावमा भाजपा विजयी भएको छ ।

दोस्रो, काङ्ग्रेस बाजी पल्टाउन असफल रह्यो । तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको गुजरातका जनताले हिन्दुत्वको प्रयोगशाला बन्नबाट अस्वीकार गरेका छन् ।
तेस्रो पक्ष यस कारण महत्वपूर्ण छ कि भाजपाले यस चुनावमा पनि गुजरातलाई प्रयोशाला बनाउन भरपुर कोशिस गरेको थियो । प्रधानमन्त्री नरेन्द्र मादीसमेत पूरै भाजपाले औरङजेब, पाकिस्तान, गद्दार, मन्दिर, मीरजाफर, जयचन्द जस्ता शब्दको खुब प्रयोग गरे । यसका बावजूद भाजपा गुजरातको समस्त जातीलाई हिन्दुत्वको झण्डामूनि एकजुट गर्न असफल रह्यो ।

यस चुनावमा तीन युवा नेता अल्पेश ठाकोर, हार्दिक पटेल र जिग्नेश मेवानीले नरेन्द्र मोदी र संघको हिन्दुत्व सम्बन्धि पहिचानलाई कडा टक्कर दिए ।

हिन्दुत्वको प्रयोगशाला बनेको राज्यमा यी तीन युवा नेताहरुले जातीय र आर्थिक असमानताको रापमा यस्तो खिचडी पकाए जसको स्वाद भाजपालाई अहिले तितो लाग्दैछ ।

यसको झलक प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले गुजरात चुनावपछि पार्टी कार्यकर्ताहरुलाई दिएको भाषणमा प्रष्ट देख्न सकिन्छ । १५० सिटको लक्ष्य बनाएर मैदानमा उत्रिएका भाजपा अध्यक्ष र प्रधानमन्त्रीले जीतको बधाईसँगै जातीय चुनौतिहरुसँग लड्न पाठ पनि पढाए ।

यस विधानसभा चुनावमा भाजपा तीन अंकमा पुग्न सकेन । जीतका लागि आवश्यक आँकडा पाउन सफल रहे पनि एक प्रकारले उनीहरुको नैतिक हार भएको छ । कयौँ सिटमा निकै कम अन्तरले जीत हासिल भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको ताबडतोड र्यालीका साथ पूरै क्याबिनेटले गुजरातमा न्वारानदेखिको बल लगाएको थियो । चुनाव आयोगको कथित लाभ लिने, गुजराती अस्मितादेखि लिएर जातीय कार्ड र पाकिस्तानसम्मलाई यस चुनावमा समावेश गर्ने भाजपाको हात मात्र ‘सामान्य’ जीत हासिल भयो ।

यस चुनावमा तीन युवाले गुजरात भाजपाको त्यस्तो अजय किल्ला हो जसलाई कसैले भेद्न सक्दैन भन्ने भ्रम तोडिदिए । त्यो पनि बिना कुनै ठूलो राजनीतिक कौशल र संसाधनको सहारा लिएर ।

यसमा काङ्ग्रेसको योगदान यतिमात्र रह्यो कि उसले जनसाधारणको बीचबाट निक्लिएका यी तीन युवाहरुको सम्भावनालाई बुझ्यो र राहुल गान्धीले यिनको राजनीतिलाई नेतृत्व दिने दूरदर्शिता र साहस देखाए ।

अल्पेश ठाकोरले गुजरातमा पिछडिएका जातिलाई एक जुट गरे, जो देशका बाँकी धेरै राज्यहरुमा जस्तै गुजरातका मतदाताको ठूलो हिस्सा थिए । उनी गुजरातमा पिछडिएका जातिहरुको आशाको प्रतिक बनेर निक्ले जसको श्वास हिन्दुत्वको प्रयोगशालामा दबिएको थियो ।

यस्तै हार्दिक पटेलसँग पनि भयो । उनी धेरै प्रगतिशील नभए पनि बहुसंख्यक पाटीदार समुदायको आशाको प्रतिक बने । हार्दिकको नेतृत्वको मजबुत पक्ष भनेको उनले आफ्नो आन्दोलनको माग पाटीदारहरुको मागसम्म मात्र सिमित राखे । उनले दलित या पिछडिएका जातिविरुद्ध औजारको रुपमा प्रयोग हुन दिएनन् ।

यसै गरी जिगनेशले राम्रो राजनीतिक बुझाईको परिचय दिए । गुजराती समाजमा विद्यमान जातीय अन्तर्विरोधको उनीसँग राम्रो बुझाई थियो । उनले यसैलाई राजनीतिक सम्भावनामा बदलिदिए ।

सन् २०१६ को जुलाईमा गुजरातको उनामा जनवारको छाला निकालिरहेका चार दलित युवाहरुलाई कथित गौरक्षद्वारा बर्बर तरिकाले पिटिएको थियो । जसपछि जिग्नेश मेवानीले दलित आन्दोलनको नेतृत्व गरेका थिए । यसपछि उनी पूरै गुजरातमा दलित आन्दोलनको अनुहार बनेका थिए ।

यसमा काङ्ग्रेसको योगदान यतिमात्र रह्यो कि उसले जनसाधारणको बीचबाट निक्लिएका यी तीन युवाहरुको सम्भावनालाई बुझ्यो र राहुल गान्धीले यिनको राजनीतिलाई नेतृत्व दिने दूरदर्शिता र साहस देखाए ।

हाल चुनाव परिणामले यो स्पष्ट पारेको छ कि पछिल्ला दुई दशकबाट प्रयोगशाला बनेको गुजरात र हिन्दुत्व र नवआर्थिकी नीतिहरुबाट पिसिएका जातीय समूहहरुको आकांक्षाबाट यस्तो परिणाम निस्किएको छ जसको कल्पना कसैले गरेका थिएनन् ।

आउने दिनमा गुजरातको चुनाव परिणामबाट निक्लिएको सम्भावनाले राजनीतिमा नयाँ अध्याय लेख्नेछ ।

 

प्रतिक्रिया दिनुहोस