द्विपक्षीय संयन्त्रको बैठकमा भूपू गोर्खाका माग पाँच महिनाभित्र टुंगो लगाउने सहमति

सफल खबर संवाददाता

विहीबार, ०७ बैशाख २०८०, ११ : ५०
द्विपक्षीय संयन्त्रको बैठकमा भूपू गोर्खाका माग पाँच महिनाभित्र टुंगो लगाउने सहमति

काठमाडौं । भूपू गोर्खाका माग सम्बोधन गर्ने विषयमा गठिन द्विपक्षीय संयन्त्रको दोस्रो बैठक बुधबार सम्पन्न भएको छ । बैठकले पाँच महिनाभित्र सबै मागहरूलाई टुंग्याउने गरी आगामी सेप्टेम्बरमा पुनः बैठक बस्ने निर्णय गरेको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।बैठकमा ३ नोभेम्बर २०२२ मा सम्पन्न संयन्त्रको पहिलो बैठकमा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन र कल्याणकारी सुविधाहरूका विषयमा समीक्षा भएको जनाइएको छ । साथै, छलफल गर्न बाँकी केही विषयमा पुनः प्राविधिक तहको बैठक र सेप्टेम्बरमा महिनामा द्विपक्षीय समितिको अर्को बैठक बस्ने तय भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

 

बेलायतको रक्षा मन्त्रालयमा बसेको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र बेलायती प्रतिनिधि मण्डको नेतृत्व भूपू सैनिक तथा सैनिक परिवार कल्याणसम्बन्धी हेर्ने रक्षा राज्यमन्त्री एन्ड्रिउ मरिसनले गरेका थिए । भूपू गोर्खा सैनिकका प्रतिनिधि सहभागी बैठकमा नेपालले गोर्खाहरूको मागको दीर्घकालीन समाधानका लागि बेलायतलाई आग्रह गरेको थियो ।राजदूत आचार्यले नेपाल बेलायतबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रूपमा रहेको भूपू गोर्खाका मागहरूका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न बेलायतसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस