काठमाडौ । चालु आर्थिक वर्ष २०७९-८० को फागुनमा मात्रै वाणिज्य बैङ्कहरूले साढे आठ अर्ब रुपियाँभन्दा बढी नाफा थपेका छन् ।
बैङ्कहरूले फागुनमा आठ अर्ब ५७ करोड ९० लाख रुपियाँ नाफा थपेका हुन् । आर्थिक वर्ष २०७९÷८० को फागुनसम्ममा वाणिज्य बैङ्कहरूले करिब ४९ अर्ब रुपियाँ नाफा आर्जन गरेका छन् ।
विश्वका साथै नेपालको पनि अर्थतन्त्र असजिलो अवस्थादेखि विश्वकै प्रतिष्ठित बैङ्कहरू समस्याग्रस्त भइरहेका बेला यहाँका वाणिज्य बैङ्कहरूको नाफाको ग्राफ घट्नु परेको छैन ।
मुलुककै अर्थतन्त्रमा मन्दी देखिएको, व्यापार व्यवसायमा कमी आएको अवस्थामा पनि नेपालमा सञ्चालित बैङ्कहरूको नाफामा भने सुधार देखिनुले अर्थतन्त्र सबलीकरणमा त्राण मिलेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?
तरलता व्यवस्थापन गर्न २५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक
सिन्धुलीमा कर्मचारीलाई बाँधेर बैंक लुटपाट, स्थानीयले भेटे बोरामा पैसा