शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन

सफल खबर संवाददाता

मंगलबार, ०५ बैशाख २०८०, १६ : ०३
शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन

काठमाडौँ । राजधानीको शान्तिबाटिकामा मिटरब्याजी पीडितमाथि भएको धरपकडको घटनामा छानबिन समिति गठन भएको छ । 

गृह मन्त्रालयको निर्देशनमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । 
समितिले घटनाको छानबिन गरी रिपोर्ट बुझाउने छ ।

सो घटनामा प्रहरीका डीएसपीसहित ८ जना घाइते भएका थिए भने आन्दोलनकारीतर्फ पनि २० जना घाइते भएका थिए ।
 

प्रतिक्रिया दिनुहोस