चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताए । “अनुसन्धान जारी छ । सोधपुछ गर्ने काम भइरहेको छ,” उनले भने, “अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।”उनका अनुसार घाइते थापाको स्वास्थ्य अवस्था स्थिर छ ।
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार (हिजो) रास्वपाकै महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो । प्रहरीका अनुसार आइतबार राति ३९ वर्षीय शम्भु भनिने थापा र राजवंशी एउटै कोठामा सुतेका थिए ।लामिछानेका चालक थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने