चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ नगरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर कार्कीले बताए । “अनुसन्धान जारी छ । सोधपुछ गर्ने काम भइरहेको छ,” उनले भने, “अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन ।”उनका अनुसार घाइते थापाको स्वास्थ्य अवस्था स्थिर छ ।
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उनको उपचार भइरहेको छ । घटना अनुसन्धानका क्रममा प्रहरीले सोमबार (हिजो) रास्वपाकै महामन्त्री एवं प्रवक्ता मुकुल ढकालका सवारीचालक कालुराम राजवंशीसित सोधपुछ गरेको थियो । प्रहरीका अनुसार आइतबार राति ३९ वर्षीय शम्भु भनिने थापा र राजवंशी एउटै कोठामा सुतेका थिए ।लामिछानेका चालक थापा सोमबार भरतपुरस्थित एउटा घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका थिए । उनी बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको एसपी कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ बैशाख २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल