एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत् स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, १४ : ३१
एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमार्फत् स्मार्ट क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ‘EBL Touch 24’मार्फत स्मार्ट क्यूआरद्वारा भुक्तानी लिने मर्चेन्टहरूलाई भुक्तानी गर्न मिल्ने भएको छ।  यो सेवा सुरु भएसँगै एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्यूआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने भएका छन्।

 

एभरेष्ट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बैंकिङ एपमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्ने तथा विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत् भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने बैंकले जनाएको छ।

ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत् कारोबारको भुक्क्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ। यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको बैंकले जनाएको छ। 

बैंकले १२४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएममार्फत् सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया दिनुहोस