मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, ११ : ०३
मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

एजेन्सी । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्। स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भउको बताउँदै आइएको छ । 

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरेका छन् । “यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने, “यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं,” लेवान्डोस्कीले पोलिससञ्चारमाध्यमसँग भने। 

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । “बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो ग-याैँ भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,” उनले भने । लेवान्डोस्कीले यो सत्रमा ला लिगामा सर्वाधिक १७ गोल गरेका छन् । 

“सिजनको बीचमा फिफा विश्वकपले स्थितिलाई जटिल बनाएको छ, जबकि मानिसहरूले स्ट्राइकरहरूबाट धेरै भन्दा धेरै गोलको अपेक्षा गर्छन् । हामीले केवल गोल गर्नुपर्छ र मानिसहरूलाई खुसी पार्नुपर्छ । मलाई विश्वास छ कि हामी आक्रमणमा अझ राम्रो खेल्न सक्छौं,” ३४ वर्षीय खेलाडी लेवान्डोस्कीले भने।

प्रतिक्रिया दिनुहोस