काठमाडौ । महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण गर्न ७ बुँदे नियम, उलंघन गरे ५० हजारसम्म जरिवाना
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण गर्न ७ बुँदे निर्देशनसहितको नियम बनाइएको छ ।
पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकले ७ बुँदे नियम लागू गरेको हो ।
जसअनुसार सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि थुपार्न पाइने छैन ।
सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण तथा मर्मत लगायतका कार्य सकभर राति .गराउनुपर्नेछ ।
यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाल जुनसुकै बखत उठाउन सक्ने महानगरले स्पष्ट गरेको छ ।
यस्तै सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्ती क्षेत्रको पूर्ण सरसफाइ गर्नुपर्नेछ ।
नियमको उल्लघन गर्नेमाथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरले ‘दुई पाङ्ग्रे एम्बुलेन्स’ चलाउने
सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने महानगरको तयारी, १५ दिनभित्र सम्पर्क गर्न निर्देशन
भरतपुर महानगरको प्रशासनिक भवन ‘सिंहदरबार’ निर्माणको काम अन्तिम चरणमा, भवन ६ तल्ले, कोठा २ सय २१
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै