काठमाडौ । महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण गर्न ७ बुँदे नियम, उलंघन गरे ५० हजारसम्म जरिवाना
काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र पूर्वाधार निर्माण गर्न ७ बुँदे निर्देशनसहितको नियम बनाइएको छ ।
पूर्वाधार निर्माण र मर्मत कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विषयमा महानगरपालिकले ७ बुँदे नियम लागू गरेको हो ।
जसअनुसार सडक किनारमा निर्माण गरिने कुनै पनि भवनबाट सडकमा धूलो, निर्माण सामग्रीका टुक्रा आदि थुपार्न पाइने छैन ।
सार्वजनिक निकायले महानगर क्षेत्रभित्र सञ्चालन गर्ने पूर्वाधार निर्माण तथा मर्मत लगायतका कार्य सकभर राति .गराउनुपर्नेछ ।
यत्रतत्र राखिएका कुनै पनि निर्माण सामग्री वा उपकरण महानगरपालिकाल जुनसुकै बखत उठाउन सक्ने महानगरले स्पष्ट गरेको छ ।
यस्तै सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि निर्माण मर्मत कार्य सम्पन्न भए पश्चात् त्यस्ती क्षेत्रको पूर्ण सरसफाइ गर्नुपर्नेछ ।
नियमको उल्लघन गर्नेमाथि ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगर १४ मा सडक कटानले केही घर जोखिममा
जेनजी आन्दोलनका शहीद परिवारलाई महानगरको आर्थिक सहयोग
काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै
भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो
काठमाडौं महानगरका कर्मचारीले पाए तलब, १ अर्ब १३ करोड निकासा
पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र