जनकपुरधाम । मधेस प्रदेशका स्वतन्त्र सांसद प्रमोद जयसवालले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जसपाबाट उम्मेदवारी दिएका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।बारा क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित सांसद जयसवाले विज्ञप्ति जारी गरेर उम्मेदवार यादवलाई समर्थन गरेका हुन् ।उनले उम्मेदवार यादवलाई मतदान गर्न बारा २ का जनतासँग अपिल समेत गरेका छन् ।
मधेश आन्दोलनको नेतृत्व गरी मधेसका सवालहरू सम्बोधन गराउन र देशमा संघीयता स्थापित गराउन अतुलनीय योगदान गरेको र नागरिकता लगायतका समस्या समाधानका लागि जसपा अध्यक्ष यादव संसदमा पुग्नुपर्ने सांसद जयसवालले उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ बैशाख २०८०, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?
गौर नरसंहारबारे सर्वोच्चको फैसलामा उपेन्द्रको टिप्पणी: ‘यो राजनीतिक मामिला हो, अनुसन्धान गरे सहयोग गर्छु’
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता