काठमाडौँ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे ।
नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गरेर जनतामाझ जान पाउन भएपनि संविधानमा नै पाँच वर्ष सम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धीको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थाको पक्षमा जनमत बनाउँदै ०८४ को चुनावको तयारी गर्नुपर्छ: विमलेन्द्र निधि
सरकारको काम सन्तोषजनक छैन : कांग्रेस नेता निधि
बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
प्रहरी सङ्गठन प्रदेशको आफ्नै हुनुपर्छ: विमलेन्द्र निधि
कांग्रेस-एमालेबीच समझदारी भएरमात्रै होईन, संविधान संशोधनको जरुरत छः विमलेन्द्र निधि
रविलाई विमलेन्द्र निधिको प्रश्न- क्लीन चिटको परिभाषा बदलिएको हो ?