काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ । यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन ।
यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ ।
यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोलामा २ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो,चाँदी स्थिर
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?