काठमाडौ । हतियारसहित सागरनाथ वन परियोजनामा सिकार खेलीरहेका एक जना पक्राउ परेका छन् ।
भरुवा बन्दुकको प्रयोग गरि वनमा वन्यजन्तुको सिकार खेलीरहेका बर्दिबास-१४ बस्ने भिम भनिने गणेश बहादुर मगर पक्राउ परेका हुन् ।
बिहीबार बेलुका केही ब्यक्तीहरू सिकार गरिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरी टोलीले हतियार फ्याकेर भाग्दै गरेको अवस्थामा मगरलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरले अर्को एक जना अविचन सदासमेत सग्लन भएको वयान दिएका छन् । प्रहरीले वन परिसरवाट झाडीमा लुकाइएको दुई थान भरुवा बन्दुक पनि फेला पारेको छ ।
एउटा बन्दुकमा एक राउन्ड फायरिङ्ग गरेको अर्कोमा तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरिले जानकारी दिए ।
तयारी अवस्थामा रहेको बन्दुकलाइ प्रहरीले डिस्पोज गरेको छ भने हातहतियारमा प्रयोग हुने सामाग्रीसहित दुई नाल बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका मगरलाइ भने इलाका प्रहरी कार्यालय बर्दिबासमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ बैशाख २०८०, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ